१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

दमक । झापाको गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको सङ्क्रमण देखापरेको छ । दुई सातायता गौरादहसहित कमल गाँउपालिकाका किसानले पालेका गाई, बाच्छाबाच्छी र गोरुमा अनौठो किसिमको सङ्क्रमण देखा परेको छ । भैँसी र राँगामा यसको समस्या कम देखिएको छ । यो रोग लागेपछि गाईको शरीरमा फोका भएर घाउ हुने, शरीरमा डाबर आउने, गाईवस्तुलाई ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा पानी जमेर सुन्निने जस्ता रोगका लक्षण देखापर्ने गरेको किसानले बताएका छन् ।

पशुमा एक्कासि नयाँ रोगको सङ्क्रमण देखिएपछि किसानहरु चिन्तित भएका छन् । गौरादह पशु सेवा शाखा प्रमुख सन्तोष भण्डारीका अनुसार पशुमा देखापर्ने लम्पी स्किन डिजिज भाइरसका कारण सङ्क्रमण देखिएको हुनसक्ने लक्षण छ । यदि त्यही सङ्क्रमण देखिए यसको कुनै ठोस उपचार तथा रोकथाम नभएको र यसको खोप नेपालमा हालसम्म उपलब्ध नभएकाले लक्षणअनुसार घाउको उपचार मात्र गर्न सकिने उहाँले जानकारी दिनुभयो । यस्तै गौरादह नगरपालिकाभित्रका पशु सेवा प्राविधिकले यही साउन ९ गतेसम्मको उपलब्ध गराएका तथ्याङ्कअनुसार गौरादहभित्रका ५०१ गाई, १८३ बाच्छी, ९४ बाच्छा, सात गोरु र चार भैंसीमा गरी ७८९ पशु तथा नगरसँग जोडिएको कमल गाउँपालिकाभित्र करिब १५० गाई, बाच्छाबाच्छीमा लम्पी स्कीन डिजिजसँग मिल्दो जुल्दोे समस्या देखापरेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यालयले पशुमा देखिएको नयाँ सङ्क्रमण थप फैलिन नदिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरमा पठाइसकेको र रिपोर्ट आउन बाँकी रहेको गौरादह पशु सेवाका प्राविधिक दिनेश ढकालले वताउनुभयो । अफ्रिकी मुलुकका पशुमा यो रोगको समस्या देखिए पनि नेपालमा भने पहिलोपटक यो रोग देखापरेको हुन सक्ने पुश प्राविधिकले जिकिर गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण