ताजा अपडेट »

झापड काण्डबारे छानबिन गर्न मन्त्रीको संयोजकत्वमा समिति

आइतबार, २९ पुस २०७५, १७ : २०
4 Shares


जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पर्यटन, वन तथा वातावारण सचिव विद्यानाथ झामाथि भएको कुटपिट घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन भएको जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको छ।

छानबिन समितिमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी र कार्यालय सचिव हरि फुयाल सदस्य छन्। घटनाबारे दुवै पक्षसँग छलफलपछि आइतबार साँझ छानबिन समिति गठन गरिएको मुख्यसचिव सुवेदीले जानकारी दिए।मन्त्रीले आफ्नै कार्यकक्षमा बोलाएर आफूमाथि हातपात गरेपछि आक्रोशित सचिव झाले कानुनी कारबाहीमा जाने बताएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।