ताजा अपडेट »

अन्तर जिल्ला आवागमनमा रोक लगाउन गृहको निर्देशन

विहीबार, १५ साउन २०७७, २० : ५२
4 Shares

बुटवल । गृह मन्त्रालयले बिहीबार विशेष निर्देशन जारी गर्दै एक जिल्लाबाट अर्को जिल्लामा आवागमनमा रोक लगाएको छ । मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गर्दै विशेष काम बाहेक अन्तर जिल्ला पास जारी नगर्न आग्रह गरेको छ ।

यसैगरी कोरोना संक्रमितको संख्यामा वृद्धि भएको भन्दै गृह मन्त्रालयले दैनिक १२ घण्टाका लागि काठमाण्डौ उपत्यकाको नाका बन्द गर्न निर्देशन दिएको छ । काठमाण्डौ प्रवेश गर्ने यात्रुहरुको स्वाब परिक्षण गर्दा कोरोना संक्रमित भेटिनेको सङ्ख्यामा वृद्धि भएको भन्दै गृह मान्त्रालयले दैनिक साझ ७ बजे देखि विहान ७ बजेसम्म पूर्ण रुपमा बन्द गर्न तथा अन्य समयमा समेत अत्यावश्यक बाहेक आवागमनमा रोगक लगाउन निर्देशन जारी गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।