२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)ले मुलुकमा पहिलोपटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो । समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन भन्ने मूल नारालाई अघि सार्दै नाष्टले नेपाली सेनाको सहयोगमा प्राप्त टोएटा गाडीमा आवश्यक प्रविधि जडान गरी स्वाब सङ्कलन गर्ने व्यवस्था गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “कोरोना प्रभावित व्यक्ति र चिकित्सकबीच स्वाब सङ्कलन गर्दा बढ्ने सक्ने खतरालाई अन्त्य गर्न यस प्रविधिले निकै सहयोग गर्नेछ, यस भेहिकलमा पिपिई ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यक वस्तु जडान गरिएको छ ।” कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)छाउनीको संयोजनमा एउटा भेहिकल निर्माण सम्पन्न गरिसकेको डा ढकालले जानकारी गराउनुभयो । यो भेहिकल नाष्ट कार्यालयमा पाँचदेखि छ दिन लगाएर करीब दुई दर्जन विभिन्न विधाका मानिस जुटेर बनाएका हुन् । सिंहदरबारभित्र पहिलो चरणमा यस प्रविधिको प्रयोग गरी स्वाब सङ्कलन गरिने भएको छ । सो भेहिकललाई चिकित्सकले खुट्टाले स्विच अन गर्दा पिपिई ग्लोब र चालकले हातले स्विच अन गर्दा पूरै भेहिकल सङ्क्रमणमुक्त गर्न सकिने बनाइएको डा ढकालले बताउनुभयो ।

भेहिकलबाट सङ्कलन गरिएको स्वाब भने त्यसभित्र रहेको आइस बक्समा राखिनेछ । बक्समा राखिएको स्वाब भने परीक्षणका लागि प्रयोगशाला पठाइन्छ । नाष्टले मुलुकका हरेक प्रदेशमा यस्तो भेहिकल निर्माण गर्ने योजना बनाइसकेको डा ढकालले बताउनुभयो । हिजोमात्र नाष्टका केही प्रतिनिधिले सिसिएमसीलाई विभिन्न मन्त्रालयका सचिव, नेपाल पुलिस र नेपाली सेनासमक्ष सो भेहिकल हस्तान्तरण गरेको बताइएको छ । कोरोना महामारी नियन्त्रणमा सो भेहिकल उपयोगी बन्दै गए अन्य पनि बनाउन सकिने प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका अलवा हामीले केही समयअघि ‘समृद्धिका लागि नवप्रवर्तन’ र ‘कोभिड–१९ प्रतिरोधात्मक प्रविधि विकास’ गर्न गत आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत करीब रु दुई करोड २० लाखको अनुदान सहयोग गरेका छाँै ।”

नवप्रवर्तन शीर्षकमा १३ र कोभिड प्रविधि विकासमा २० गरी कूल ३३ जनालाई उहाँहरुमा रहेको वृत्तिविकास गर्न अनुदान प्रदान गरिएको डा ढकालले जानकारी गराउनुभयो । नयाँ तवरको सोचलाई उत्पादनमा रुपान्तरण र नवप्रवर्तनलाई संरक्षण तथा उद्योगसँग जोड्न नाष्टले पहिलोपटक सरकारीस्तरबाट यी दुई शीर्षकमा अनुदान रकम सहयोग गरी मुलुकमा नयाँनयाँ प्रविधि विकास गर्ने प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । अर्कोतर्फ यसअघि गत वर्ष वैशाख ४ गते अर्थात् १५ महिनापहिले नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट ९भूउपग्रह० प्रक्षेपण गरिएको थियो । नाष्टका वैज्ञानिकले जापानमा बनाएको सो स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेशन एजेन्सी ९ज्याक्सा० को सहयोगमा प्रक्षेपण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ