ताजा अपडेट »

दिपु मगरको ‘रोगी दिदी’ बजारमा…

आइतबार, ११ साउन २०७७, १७ : १४
6 Shares

बुटवल । गत वर्ष दर्शकलाई भुरुङझै नचाएका सञ्चारकर्मी तथा लोक गायक दिपु मगरले यो वर्ष भने दिदी भाई बीच पोखिएको बेदनालाई लिएर आएका छन् । साँगेतीक क्षेत्रमा दशक बढी समय विताएका दिपुको लय तथा शब्द सङ्कलनमा गायिका रेनु राना मगरले नयाँ तिज कोसेली ‘रोगी दिदी’ सार्बजनिक गरेका छन् । रेनु राना मगरको स्वरसँगै कृष्ण भान्जाको सङ्गीत तथा नरेश पाण्डेले रेकर्डिङ्ग तथा कुमार रानाले मिक्सिङ गरेका सो गीतलाई आईतबार यूटुवच्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको म्यूजिक भिडियो छायांकन तथा सम्पादन बिष्णु भट्टराईले गरेका हुन् भने श्रृङ्गार सगुन शर्माले गरेको बताउँदै दिपुमगर स्वयम्ले निर्देशन गरेको जानकारी गराए । म्यूजिक भिडियोमा समेत राम्रो चर्चा कमाउँदै आएका दिपुले गत वर्ष ल्याएको ‘भुरुङ झै गुरुङ झै’ बोलको तीज भाकाले बजारमा राम्रो चर्चा कामाउन सफल भएको थियो । विगत १२/१३ वर्षदेखि सञ्चार क्षेत्रमा समेत क्रियाशील मगरले तीज भाकाका विभिन्न १० वटा एल्वम् ल्याइसकेका छन् भने लोकगीत तथा दोहोरी गीत झण्डै दुई दर्जन ल्याइसकेको उनले बताए ।

बिगतका बर्षहरुमा दिपुले ल्याएका छुकछुके रेल, घन्काइ देउ मादल, भुरुङ झै, नाच्नु आमा नाच्नु , लाखौ हजारमा लगायतका गीतले चर्चा बटुल्न सफल भएको थियो । दर्जन बढी म्युजिक भिडियोमा देखिएका दिपु मगर प्युठानको नौ बैनी गाउँपालिका-८ मा जन्मिए पनि रुपन्देहीलाई कर्मथलो बनाएका छन् । लोक तथा दोहोरी गीत प्रतिस्ठान प्रदेश ५ का द्वितीय उपाध्यक्ष रहेका दिपुले यस पटकको तीज भाकाले पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे दिपुमगरको आफ्नै यूटुभ च्यानलमा गएर उनले ल्याएको नयाँ तीजभाका हेर्न सकिन्छ ।

https://youtu.be/XySgUmbTDNU

सम्बन्धित समाचार

https://www.globalaawaj.com/archives/12183
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।