ताजा अपडेट »

बुटवलमा गाणित सम्मेलन सुरु

आइतबार, २९ पुस २०७५, १४ : ५९
6 Shares

पुस २९,
बुटवल । बुटवलमा पहिलो पटक राष्ट्रिय गणित सम्मेलन आज देखि सुरु भएको छ । आजदेखि माघ १ गतेसम्म चार दिन सञ्चालन हुने सम्मेलनको प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका छन् ।

नेपाल गणित समाजको आयोजनामा चार दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको पहिलो दिन आज त्रिभुवन विश्वविद्यालयका गणित विषयका प्राध्यापकहरुको सहभागितामा बुटवल बहुमुखी क्याम्पसमा कार्यशाला गोष्ठी भयो भने भोली पर्सि र माघ १ गते बुटवलको एक होटलमा खुला र बन्दशत्र हुने प्रचार संयोजक तुल्सी प्रसाद सापकोटाले जनाकारी दिनुभयो ।

देशभरका दश जोड दुइ तथा क्याम्पसहरुबाट करिब २५० गणितिज्ञहरुको सहभागिता हुने कार्यक्रमका लागि गणितिहरु बुटवल आइपुगेका छन् ।

गाह्रो विषयको रुपमा लिइने गणित विषयलाई कसरी सरल बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल पछि निष्कर्ष निकालिने छ ।

उक्त कार्यपत्रहरु ३ वटा समानान्तर कार्यक्रमहरुमा प्रस्तुत हुने स्थानीय व्यवस्थापन समिति संयोजक गोपाल प्रसाद आचार्यले बताए ।

सम्मेलनमा नेपालभरीका १ सय भन्दा बढी गणितज्ञहरुले गणित, विज्ञान, गणित शिक्षण तथा गणित–विज्ञानमा हाल भएका अनुसन्धानहरुसँग सम्बन्धित कार्यपत्रहरु प्रस्तुत गर्ने छन् । कार्यपत्रमा छलफल गरी ठोस निष्कर्ष समेत निकालिने छ ।
कार्यक्रममा विभिन्न सेक्सनहरुमा दिल्ली तथा मेरठ विश्वविद्यालयबाट आउने गणित विषयका प्राध्यापकहरुले समेत आफ्ना प्रस्तुतीहरु राख्नेछन् ।

राष्ट्रिय सम्मेलनको सहआयोजकको रुपमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय तथा नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नंं ५ रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।