२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

बुटवल । सिद्धार्थ जेसीजको ४५ औं पदस्थापन भैरहवामा सम्पन्न भएको छ । निर्वाचन भएको ६ महिना पछि नेपाल जेसीजको दोस्रो बोर्ड बैठकले अहिले निर्वाचित अध्यक्ष मंगल भण्डारी अयोग्य रहेको र अध्यक्ष पदका अर्का अध्यक्ष भुवन राणालाई अध्यक्षमा बैधानिकता दिए पछी पदस्थापन सम्पन्न भएको हो ।

Advertisement

महासचिव हुमाकान्त भुषाल, कोषाध्यक्ष जीवन पौडेल, सचिव विष्णु निषाद, तालिम निर्देशक पंकज यादव, प्रकरण निर्देशक संचित भटटरार्ई, शाखा सम्पादक केशव भण्डारी, सदस्य बृद्धि संयोजक सागर झा, कोषबृद्धी संयोजक गणेश शर्मा, कानुनी सल्लाहकार सिनेटर कमल भण्डारी लाइ मनोनित गरेको अध्यक्ष भुवन राणाले बताए। सांसद प्रमोद कुमार यादवको प्रमुख आतिथ्यता मा सम्पन्न पदस्थापन कार्यक्रममा सिद्धार्थ जेसीजका पुर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, पुर्व अध्यक्ष तथा नेपाल जेसीज वर्ष–२०२० का राष्ट्रिय संचालक समितिका सल्लाहकार पवन पौडेल, पुर्व अध्यक्ष तथा नेपाल जेसीज वर्ष–२०१९ का उपाध्यक्ष कमल भण्डारी लगायत ले शुभकामना मन्तव्य राखेका थिए।

संस्थाको ४४ औं बार्षिक साधारण सभा तथा अधिवेशनमा भुवन राणा र मंगल भण्डारीले उम्मेदवारी दिएकोमा मंगल भण्डारी विजयी भएका थिए । चुनावी प्रक्रियामा नै अध्यक्ष पदका उम्मेदवार भुवन राणाले अर्का उम्मेदवार भण्डारीको उम्मेद्वारी दिने उमेर बढी भएको बताउँदै निर्वाचन समितिमा दावी बिरोध गरेका थिए । बिरोध परेपछि निर्वाचन समितिले भण्डारीको उमेर ४१ बर्ष नपुगेको बताउँदै निर्वाचन प्रक्रियालाई अगाडी बढाएको थियो । सोही अनुसार २०७६ माघ ४ गते सिद्धार्थ जेसीज को निर्वाचन प्रक्रिया टुंगिएको थियो ।

निर्वाचन भएको ६ महिना पछी केन्द्रले निर्वाचित अध्यक्षलाई अयोग्य ठहराएको छ । विधानमा जेसीजको सदस्यता ४० बर्षसम्म मात्र कायम रहने उल्लेख गरिएको छ । जिल्लामा भएको धाँधली बारे केन्द्रमा जानकारी गराएर विधिसम्मत रुपमा जाँदा र बन्दाबन्दीको कारण केन्द्रको निर्णय आउन ढिलाई भएको अध्यक्ष राणाले बताए । सन १९७५ मा भैरहवामा शाखा स्थापना भए यता संस्था बिभिन्न सामाजिक कार्यमा सक्रिय रहिआएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ