ताजा अपडेट »

जातीय विभेदमा आधारित चलचित्र ‘छोइछिटो’

आइतबार, ०४ साउन २०७७, १२ : २०
14 Shares


बुटवल । जातीय विभेदमा आधारित रहेर चलचित्र ‘छोईछिटो’ बन्ने भएको छ । अहिलेको २१ औँ शताब्दीमा पनि नेपालमा छुवाछुत व्यापत रहेकाले आम नागरिकलाई सचेत गराउनका लागि छुवाछुत प्रथामा आधारित रहेर रुपन्देहीका आर्यन भण्डारी उक्त चलचित्र बनाउन लागेका हुन् ।

चलचित्रमा खासगरी गरिब, दलित त्यसैमा पनि अशिक्षित परिवार हुँदा भोग्नु पर्ने समस्यालाई कथाको मूल आधार बनाएर विभेद गर्नु हुुँदैन भन्ने विषयलाई मुख्य आधार बनाइएको भण्डारीले बताए । ‘भखरै रुकूमपूर्व र रुपन्देहीको देवदहमा जातीय विभेदका आधारमा जुन घटना भए, ग्रामीण क्षेत्रमा मात्रै नभएर सहरी क्षेत्रमा अझै पनि छुवाछुत व्यापत रहिछ् यसैकारण सबैलाई मानिस मानिस सबै एउटै हुन् भन्ने सन्देश दिनका लागि छुवाछुतामा आधारित रहेर उक्त चलचित्र बनाउन लागिएको हो ।’– उनले भने ।

चलचित्रमा सुरविर पण्डीत (दारी बा) ले दलितको भूमिका निर्वाह गरेका छन् । भने दया भण्डारी, बिकास अधिकारी, संगिता के.सी. र अस्मिता सुनारले चलचित्रमा मुख्य भूमिका रहेको छ । सानु सुनार, भुवन खड्क, करिशमा खड्का, सिमा जिसी, निशा भण्डारी, अग्नि गैरे, राकेश तिवारी, विजय तेली, आशिष दाहाल, रिना पुन मगरको पनि चलचित्रमा अभिनय रहेको छ । फिल्मका निर्माता तथा निदेर्शक भण्डारीका अनुसार चलचित्रको यहि असार २५ गतेबाट छायाङकन भएको बताए ।

चलचित्रको छायांकन रुपन्देहीका विभिन्न स्थानमा र चितवनको दास ढुङ्गामा हुने छ । उक्त चलचित्र तिहारमा रिलिज गर्ने उद्देश्य रहेको भण्डारीले बताए । चलचित्र बनाउनका लागि रुपन्देहीको दानपुर स्थित चाँदनी युवा क्लबले पनि आवश्यक सहयोग गरेको उनले बताए । उक्त चलचित्रको निर्देशन आर्यन भण्डारी र छायांकन सागर महतले गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।