ताजा अपडेट »

होलीको विकृति रोक्न अभियान

मंगलबार, ०५ चैत्र २०७५, ११ : २०
4 Shares


चैत ५,
काठमाडौंँ । होली पर्व नजिकिएसँगै विगतमा राजधानीका सडक–गल्लीमा महिला तथा किशोरीमाथि पानी छ्याप्ने र लोला हान्ने विकृति व्यापक थियो । होलीको एक हप्ता अघिदेखि विद्यालय कलेज बन्द हुन्थे तर अहिले यस्ता घटनामा कमी आएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र वोगटीले भन्नुभयो, ‘टोलटोलमा जनचेतना र प्रहरी सक्रियता नै यस्को मुख्य उपलब्धी हो ।’

फाइल तस्वीर


महानगरीय प्रहरी परिसरका प्रमुख वसन्तकुमार लामाले जवरजस्ती लोला हान्ने, फोहर पानी छ्याप्ने र मदिरा सेवन गरी झगडा गर्नेविरुद्ध प्रहरी कन्ट्रालको फोन नं १०० मा खवर गर्न आग्रह गर्नुभयो । 
पर्यटकीयस्थल ठमेल, वसन्तपुर र दरबारमार्गलगायतका क्षेत्रमा घुम्न आउने महिला पर्यटकहरूमाथि अश्लील क्रियाकलाप गर्ने विरुद्ध पर्यटक प्रहरी परिचालन गरिएको परिसरले जनाएको छ । 


‘मर्यादित र सु–सस्कृतढंगले होली पर्व मनाऔं’, विकृति रहितको होली हाम्रो मौलिक पहिचान’ नारा दिएर विभिन्न ठाउँमा ¥याली तथा माइकिङ कार्यक्रम सञ्चालन गरिएको छ । 


रङले छाला रोग
यसैबीच रमाइलो र आपसी प्रेमका लागि मनाइने होलीमा सावधानी नअपनाउँदा गम्भीर स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकको भनाइ छ । 
छाला तथा यौन रोग विशेषज्ञ मेलिना मान्नधर भन्नुहुन्छ,‘होली सबैको लागि विशेष पर्व हो । आफ्नो स्वास्थ्य र विशेष गरी छालाको सुरक्षाको ख्याल गरेर मात्र रङ्गहरूको प्रयोग गर्नुपर्छ ।’

प्रेम दिवस
नेपालमा मनाइने प्रेम दिवस फागू पूर्णिमालाई मानिने संस्कृतविद् सत्यमोहन जोशीले बताउनुभयो । उहाँका अनुसार ‘झ्याले दंक तुकङ मा वहे ल्यासे जिता मा...’ नेवार समुदायका युवाले यो बोलको गीत होलीको दिनमा गाउने गर्छन् । सो गीतमा झ्याल भरी सागको माला सजाएर बस्ने युवतीलाई साथी बनाउँछु भन्ने भावना समेटिएको हुन्छ । - गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।