ताजा अपडेट »

प्रदेश–२ मा अर्थमन्त्रीले कुटे सचिव

आइतबार, २९ पुस २०७५, १३ : ५१
4 Shares

पुस २९,

देश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटेका छन् । मन्त्रीले भनेको गैरसरकारी संस्थालाई गरिबी निवारण कोषको कार्यक्रमको लागि ‘सर्टलिष्ट’ नगरेको झोकमा मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिव झाको गालामा झापड हानेका हुन् ।

मन्त्रीले कुटपिट गरेपछि सचिव झा धुरुधुरु रोएर कार्यकक्ष बाहिर धर्नामा बसेका थिए । मन्त्रीको कुटपिटबाट सचिव झाको चस्मा समेत फुटेको छ । सचिवलाई कुटेको विषयमा मन्त्री यादवले भने अनभिज्ञता प्रकट गरेका छन् ।

संघीय सरकारको सशर्त अनुदानमा गरिबी निवारण कोषको लघु उद्यम कार्यक्रमको १२ करोड रकम खर्चिन प्रदेश सरकारले आशयपत्र आह्वान गरेको थियो । जसका लागि दुईसय गैरसरकारी संस्थाले आवेदन दिएका थिए । सचिव झाले गरेको ४० भन्दा बढी गैरसरकारी संस्थाको ‘सर्टलिष्ट’ मा मन्त्रीले सिफारिश गरेको संस्था नपर्दा मन्त्री यादव असन्तुष्ट बनेका थिए ।

मन्त्री यादवले आफूले गैरसरकारी संस्थाबाट पाँच लाख रकम बुझेको बताउँदै जसरी पनि आफ्नो संस्थालाई ‘सर्टलिष्ट’ गर्न दबाब दिएको सचिव झाले आरोप लगाएका छन् ।सचिव झाले आफूले लगेको फाइल र डायरी समेत मन्त्रीले खोसेको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।