ताजा अपडेट »

पूँजी बजारको संरचना बलियो बन्दै

आइतबार, २९ पुस २०७५, १३ : ३९
6 Shares

– विष्णुमुराव
कुनै पनि संस्थाको नियमक निकाय, आर्थिक सबलता, अन्तरिक संरचना र काम गर्ने वातावरण, नीति–नियम, कर्मचारीको दक्षता, प्रविधिको प्रयोग, यस संस्थासँग अवद्ध सरोकारवालाहरुको पाउँच र यस प्रतिको ज्ञान जस्ता विषय बस्तुले त्यस संस्थाको संस्थागत र चौतर्फि विकास एवम् स्थिरतामा विशेष भूमिका खेल्ने गर्दछ । यिनै विषयलाई मध्ये नजर गर्दै हेर्ने हो, भने नेपाल स्टक एक्सचेञ्जले आर्थिक रुपमा सबल बन्नका लागि हालसम्म ३० करोड चुक्त्ता पूँजि रहेकोमा २०६९÷७० पछि ४ आ.व.मा बोनस सेयर वितरण नगरी नगद लाभांश मात्र वितरण गरेको थियो । तर, समय अनुकूल पूँजी बजार विकासका निम्ति सो रकम कम भएको महसुस गर्दै आ.व. २०७४÷७५ को नाफाबाट ६६.६७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जसलेगर्दा यसको चुक्त्ता पूँजी ३० करोडबाट बढेर ५० करोड पुग्ने छ ।
यसका साथै अनलाइनमार्फत टेड्रिङ्ग पनि मंसिर २३ गतेबाट न्यून सख्यामा भए पनि टे«ड भइराखेको छ । साथै दिन प्रतिदिन सो संख्या बढ्दै गएको पनि छ । हाल नेपालको पूँजी बजारको दोस्रो बजारमा कारोबार गर्नेको सख्या करिब १० लाख छ भने नियमित रुपमा खरिद बिक्री गर्ने लगानीकर्ता करिब १ लाख मात्र होलान् । तर जुन रुपमा ब्रोकरहरुलाई सब–ब्रोकर मार्फत काठमाडौं बाहेक देशका अन्य शहरमा खोल्ने अनुमति दिइयो त्यसले गर्दा नयाँ लगानीकर्ताको पहुँच बढेको छ । त्यसर्थ भविष्यमा यो संख्या दोब्बर तेब्बर नहोला भन्नै सकिदैन् । यसका साथै प्रत्येक महिना नयाँ कम्पनीहरु धितोपत्र बोर्डमा दर्ता भई राखेका छन् । जस्तै हाईड्रोपावर कम्पनीहरु, लघुवित्त संस्था, ईन्सुरेन्स कम्पनीहरु, होटेल र रियल स्टेटका संस्थाहरु, सिमेन्ट उद्योगहरु र कम्युनिकेशन संस्थाहरु पनि आउने प्रबल सम्भावना रहेको छ । यसै गरी नियमक निकय धितो पत्र बोर्ड, ने. रा बैक, अर्थमन्त्रालयले यसको विकाससँगै देश विकासका लागि अवश्यक आर्थिक भार जुटाउन सजिलो हुने भएकोले सकारात्मक रुपमा ग्रहाण गरेको देखिन्छ ।
अब प्रश्न उठ्छ, यसमा सबै पक्ष सकारात्मक हुँदा पनि नेप्से किन बुलिश हुन सकेको छैन् ? यसको सरल उत्तर हो,धेरै लगानीकर्ता गैर कानुनी रुपमा समूह बनाई टेड्रिङ्ग गर्ने प्रवृत्ति, लगानीकर्ताले बजार वियरिस हुदाँ पनि नाफा बुक गर्न सकिन्छ भन्ने सिकाईमा कमि हुनु र मानोबैज्ञानिक कल्पना गर्दै उत्तेजित भएर बिक्री गर्ने प्रवृत्ति लिन सकिन्छ । त्यसैले बजार केही दिन स्थिर भएर करिब एक साता बुलिश हुन्छ । अनि पुनः वियरिसको बाटो तय गर्छ तर, पहिलाको स्थिर बिन्दु सम्म पुगेर पुनः स्थिर हुने गर्दा छ, जसबाट प्रष्ट बुझ्न सकिन्छ कि ५ प्रतिशतले कमाएका छन् भने ९५ प्रतिशत गुमाएका छन् । यसलाई तलको अगस्त महिना २०१८ र अहिलेको नेप्से चार्टबाट हेर्न सकिन्छ ।पाँच महिनाको अन्तरालमा नेप्से जहाँको त्यही घुमिरहेको छ ।

अगस्ट महिनाको दोस्रो साताको नेप्से चार्ट

गत साताको नेप्से चार्ट

गत साता पनि अघिल्लो साताकै आधारमा करिब १ अर्ब ५८ करोड बराबरको कारोबार भएको थियो । अन्तिम दुई दिन झिनो अंकले नेप्से बृद्धि हुनुका साथै कारोबार रकममा पनि बृद्धि भएको थियो । गत साता पौष २६ गते अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १० करोड ५९ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छ । यसैसँग यो नेप्सेमा यति धेरै सेयर सुचिकृत गर्ने नेपाल टेलिकम पछिको दोस्रो ठूलो कम्पनी पनि बनेको छ । यसको खरिदबिक्री एवम् न्यूनतम् र अधिकतम् मूल्य तय आईतबार पौष २९ गते हुने भएकोले नेप्से सुचांकमा खासै अन्तर नपारे पनि कारोबार रकम धेरैले बढे्ने सम्भावना छ । -बुद्धभूमि पत्रिकाबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।