७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

रुकुमपूर्व । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ । लगातार रुपमा परिरहेको वर्षाका कारण जमिन भासिएर नहर भत्कँदा यही असार १६ गतेदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

चौबीस किलोवाट क्षमताको कुचिबाङ खोला लघुजलविद्युत् आयोजनाको नहर भत्किएपछि कुचिबाङबासी अन्धकारमा बस्न बाध्य भएका छन् । नहरबाट चुहिएको पानीले जमीन भिजेर गत फागुन महिनामा नहर नजीकैबाट पहिरो झरेको थियो । नहर मर्मतसम्भारका लागि गाउँपालिकाले रु २३ लाख बजेटसमेत विनियोजन गरेको र नहर मर्मतको काम चलिरहेका आयोजनाका अध्यक्ष भरत बुढाले जानकारी दिए । विद्युत् अवरुद्ध भएर गाउँ नै अन्धकार भएपछि बिजुली बाल्न वैकल्पिक उपाय अवलम्बन गरिए पनि सम्भव नभएको बताइएको छ ।

विद्युत् सेवा अवरुद्ध भएसँगै कुचिबाङका २५० घरधुरी समस्यामा परेका छन् । स्थानीयवासीलाई अहिले साँझबिहानको दैनिक काम गर्न तथा मोबाइल चार्ज गर्न निकै समस्या हुने गरेको स्थानीयवासी तीर्खमान रोकाले बताए । जमीन भासिएर नहर भत्किएपछि फेरि अर्को नहर निर्माणको काम भइरहेको आयोजनाका अध्यक्ष बुढाले बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने