७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाडौं । सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति रोक्न सकिएको छैन ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भूगर्भ विभागले मिलेर असरमा आधारित पहिरो पूर्वसूचना प्रणालीको विकासले काम थालिसकेको छ । “यस वर्ष प्रयास सुरु गरौँ भनेर तीनै निकायको संयुक्त पहलमा नक्साङ्कन थालेका छौँ,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भन्नुभयो । पोखरेलले पहिरो पूर्वानुमान त्यति सजिलो नभए पनि असम्भव नै भने नभएको बताउनुुभयो । त्यस क्रममा सबैभन्दा पहिले चितवनको कविलास र गोरखामा पहिरोको पूर्वानुमान गरिएको थियो । ती परियोजना अहिले बन्द छन् । देशव्यापी सञ्जालका रूपमा पहिरो पूर्वसूचना प्रणाली निर्माण गर्ने सुरुआतका क्रममा भूकम्पले थिलथिलो बनाएका १४ वटा जिल्लाका हरेक नगरपालिका र गाउँपालिकामा पहिरो जोखिम नक्साङ्कनको काम सकिएको पोखरेलले जानकारी दिनुभयो ।

“त्यसलाई प्रयोग गरेर उच्च जोखिम, मध्य जोखिम र कम जोखिममा भएका घर पहिल्याउन सकेका छौँ”, पोखरेल सुनाउनुहुन्छ । आकाशबाट परेको पानीको पूर्वानुमानका आधारमा यी गाउँपालिका उच्च जोखिममा छन् भनेर खबर पुयाउन पहिरो पूर्वसूचना प्रणालीले सघाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता डा। अर्चना श्रेष्ठले पहिरो पूर्वानुमानका लागि गर्नुपर्ने आवश्यक काममध्ये अहिले प्राथमिक चरणमै रहेको उल्लेख गर्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने