ताजा अपडेट »

प्रहरी महानिरीक्षकमा थापा

मंगलबार, २३ असार २०७७, २० : ५५
4 Shares

बुटवल । नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा (आईजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् ।मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबार अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउन लागेका हुन् ।

थापा २०६७ साल फागुन १५ गते एआइजीमा बढुवा भएका थिए । उनी २०४९ वैशाखमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपीमा नियुक्त गरेको हो । थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन् ।

डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत थिए । आईजीपीका लागि थापासँगै अर्का एआईजी हरि पाललाई पनि दाबेदारका रुपमा हेरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।