ताजा अपडेट »

सामाजिक सञ्जालमार्फत वडाध्यक्षलाई लाखौं रकम हिनामिनाको आरोप लगाएपछि...

मंगलबार, २३ असार २०७७, १८ : १७
10 Shares

वडाध्यक्ष भन्छन् : मैले ठेक्का दिएको छैन, आरोप लगाउनेविरुद्ध मुद्दा हाल्छु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ४ अर्खलेका वडाध्यक्षलाई लाखौं रकम हिनाविना गर्ने उद्देश्यका साथ एक विकास निर्माणको जिम्मा दिएको भन्ने आरोप लगाउँदै सामाजिक सञ्जालमा एक जना स्थानीयले स्टाटस लेखे पछि यति वेला नगरपालिकामा सनसनी फैलिएको छ ।

त्यस वडाका वडाध्यक्ष विजयकुमार मरासीनी बिरुद्ध सोही वडाका रेमलाल वस्यालले आफ्नो फेशवुकमा लाखौं रकम हिनाविना गर्ने उद्देश्यका साथ विकास निर्माणको कुनै एक निर्माण ब्यवसायीलाई जिम्मा दिएको आरोप लगाउँदै हिजो स्टाटस लेखेका थिए । उनले वडाध्यक्ष मरासिनीको तस्वीर राख्दै लेखेका छन –‘ यीनी हुन रेसुङ्गा नगरपालिका ४ नम्वर वडाका वडाध्यक्ष विजयकुमार मरासीनी । जो नेकपा निकट उमेदवार , कांग्रेस निकट कामदार हुन् । जसले सरकारी मोटरसाईकल घरमा राखी प्राईभेट कार रिजर्भ गरि हिड्छन् ।

अहिले नयाँ काम उनले यो पनि गरे श्री बुद्ध माविमा पुनरनिर्माणबाट परेको ४ कोठे भवन गाउँका भद्र भलाद्मीको रोहवरमा विद्यालय व्यवस्थापन समितिले गर्ने भनि गरेको निर्णयलाई बेवास्ता गरि एकलौटी रुपमा ठाडो निर्णय गरि लाखौं रकम हिनाविना गर्ने उद्देश्यका साथ निर्माण ब्यवसायमा दुई नम्वरी काम गर्ने धनिश्वर गौतमलाई जिम्मा दिएको खुलासा भएको छ । ’ त्यस विरुद्ध डिएनडी विल्डर्स प्रालि निर्माण कम्पनीका प्रोपराईटर रहेका निर्माण ब्यवसायी धनिश्वर गौतमले मंगलवार जिल्ला प्रहरी कार्यालय मार्फत साईवर क्राईमको उजुरी दायर गरेका छन । ब्यवसायी गौतमले ब्यक्तिगत रिसईवीका कारण बस्यालले आफ्नो मान हानी गर्दै सामाजिक सञ्जालमा उक्त आरोप लगाएकोले उनी विरुद्ध साईवर क्राईमका उजुरी दायर गरेको बताए ।

वडाध्यक्ष मरासनीले बस्यालले आरोप लगाए जस्तो आफूूले कसैलाई त्यस विद्यालय भवनको ठेक्का नदिएको बताए । आफूलाई त्यस्तो आरोप लगाउने बस्याल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) निकट युवा संघ रेसुङ्गा नगर कमिटीको अध्यक्ष भएकोले उनी विरुद्ध आफूूले सोही पार्टीमा उजुरी दिन लागेको बताए । साईवर क्राइमको मुद्धा आफूूहरुले हेर्न नमिल्ने भएकोले निर्माण ब्यवसायी गौतले दिएको उक्त उजुरी माथी पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले बताए । बस्यालले भने अहिले विहान उक्त स्टाटस हटाएका छन ।

किन त्यस्तो स्टाटस लेख्नु भयो त ? भन्ने प्रश्नमा बस्यालले आफूले नलेखेको आफ्नो फेशवुक आईडी अर्कैले चलाई दिएको जिकिर गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।