१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

फाईल फोटो

बाजुरा । लगातारको वर्षाले जिल्लाको जनजीवन निकै त्रसित बनेको छ । भिरालो र पाखो जमीनका बस्तीमा पहिराको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ । पहिराकै कारण दर्जनौँ बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो ।

साँफे–मार्तडी सडकअन्तर्गत बल्देदेखि मार्तडीसम्मको आवतजावत आंशिक रुपमा बन्द भइरहने गरेको छ भने मार्तडी –कोल्टी सडक पूर्ण रुपमा बन्द भएको छ । मार्तडीको बाउली खोलादेखि पोरखे लेकसम्मको बाटो बाढीको पानीले बगाएर क्षति पु-याएको छ । बाउली खोलाले पूरै बाटाका निशाना नै मेटाएर बगर बनाएको छ भने चुथीदेखि माथिको सडकमा पहिरो खसेर सडक भासिएको छ । बीचमा पुगेका सवारी साधन अलपत्र अवस्थामा छन् । ट्रयाक्टर बीचमै रोकिएपछि चालकसहित सामानसमेत अस्तव्यस्त अवस्थामा छन् । पाण्डुसैनदेखि वीरसैनसम्म बाटो सञ्चालनमा रहे पनि दानसाँघुमा पुल नहुँदा फेरि सडक बन्द भएको छ । खाद्य पदार्थ ढुवानीदेखि दैनिक आवतजावतमा समेत समस्या भएको छ ।

यस्तै मार्तडी गौमूल, मार्तडी भौनेरा, डाब खप्तड, बेतालमाण्डौ गुदुखातीलगायत क्षेत्रको आवतजावत पनि अवरुद्ध भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो गएको र घर माथिबाट पहिरो बग्ने र घर भत्किनेक्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । लगातार वर्षाका कारण भत्किएको सडक अहिले नै बनाउने अवस्थामा नरहेको र मौसममा सुधार आउनेबित्तिकै मर्मततिर लाग्ने गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए । अहिलेसम्म मानवीय क्षति नभए पनि भौतिक रुपमा बाटो, घर, सडक र सिँचाइ कुलो भत्किएर लाखौँ नोक्सान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाईगोरु चरिचरनमा समस्या देखिएको छ भने पशुपालक किसानलाई घाँसपात गर्नसमेत मुश्किल बनेको छ । पुराना र जीर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए ।

डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ । भत्किने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ । कालोपत्रे गरिएको साँफे –मार्तडी सडक मार्तडी बजार क्षेत्र नजीकै पूर्ण रुपमा क्षति भएको छ । पहिराको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरिसकेको प्रमुख भट्टराईले बताए । मुसलधारे वर्षाका कारण हुन सक्ने क्षतिलाई ध्यानमा राखी सबैले आआफ्ना क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिइएको छ । यसैबीच मार्तडी बजार क्षेत्रभित्र दुनी हाट बजार र खेलकूद मैदान आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै