Mar 31, 2023
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज आइतबार पनि छलफल हुने भएको छ । पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि त्यसलाई समाधानको बाटोतिर लैजान प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षको छलफल हुन लागेको हो।
स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ । ओलीले दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् भने एउटा पद भए पनि छाड्नु पर्ने ओली इतर समूहको दबाब छ ।
प्रतिकृया दिनुहोस्