ताजा अपडेट »

रुपन्देहीमा पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत भेटिए

शनिबार, २० असार २०७७, १४ : ११
18 Shares
शनिबार, २० असार २०७७
18 Shares

बुटवल । रुपन्देहीमा पौडी खेल्ने क्रममा शुक्रबार खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । साथीहरूसँग पौडी खेल्ने क्रममा कञ्चन खोलामा डुबेर बेपत्ता भएका कञ्चन गाउँपालिका वडा ४ रूद्रपुर निवासी टेकबहादुर थापाका १८ वर्षिय अर्जुन थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए ।

उनी लुम्बनी ज्ञान निकतन मा.वि.मा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् । थापाको पौडि खेलेको ठाउँ भन्दा एक किलोमिटर टाढा दक्षिण तर्फ पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।