ताजा अपडेट »

अफिसर्स क्लवको वार्षिक साधारण सभा भ्यूटावरमा

आइतबार, २९ पुस २०७५, १३ : ०३
6 Shares

पुस २९
अफिसर्स क्लव बागलुङको ३८ औं वार्षिक साधारण सभा काठेखोला गाउँपालिकाको घोडावाँधे, भ्यूटावरमा सम्पन्न भएको छ। सभाले क्लवका रिक्त पदहरु पूर्ति गरेको छ। जसअनुसार क्लवको उपाध्यक्षमा शहरी विकास तथा भवन डिभिजन कार्यालय का प्रमुख सचिन्द्र कुमार देव, कोषाध्यक्षमा आन्तरीक राजश्व कार्यालय का कर अधिकृत सुन्दर श्रेष्ठ, लगाएत सदस्यहरुमा अर्जुनवाण गण घोडावाँधेका सेनानी राज कुमार महत, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत केशव लामिछाने, प्रहरी निरिक्षक पर्सुराम मल्ल, धौलागिरि अञ्चल अस्पतालका डाक्टर पर्निता राजभण्डारी थपिनुभएको छ। यसरी ६ जना थपिए संगै क्लवको ११ सदस्यिय कार्यसमिति पूर्ण भएको छ।
जसअनुसार पूर्ण कार्यसमितिको अध्यक्ष दिपक प्रसाद तिवारी, उपाध्यक्ष सचिन्द्र कुमार देव, सचिवमा शरितादेवि शर्मा, कोषाध्यक्षमा सुन्दर श्रेष्ठ, सहसचिवमा कपिलराज पाण्डे, सदस्य राम वहादुर थापा, मनोज श्रेष्ठ, राज कुमार महत, केशव लामिछाने, पर्सुराम मल्ल, डा. पर्निता राजभण्डारी रहनुभएको छ।
गत वर्ष माघको २० गते भएको साधारण सभाले वनाएको पूर्ण कार्यसमितिको २ वर्षको कार्यकाल रहेपनि अफिसर्सहरुको सरुवा भएकोले रिक्त पदमा पदपूर्ति गरिएको हो।


क्लवको प्रमुख संरक्षक उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायधिश शेषराज शिवाकोटि, संरक्षकमा न्यायधिस हरि प्रसाद पौडेल, र न्यायधिस शकुन्तला घिमिरे, विशेष संरक्षकमा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल रहनुभएको छ। त्यस्तै सल्लाहकारमा जिल्ला न्यायधिस प्रकाश प्रसाद पण्डीत, अर्जुनवाण गण घोडावाँधेका प्रमुख सेनानी भुवनराज देवकोटा, धौलागिरि अञ्चल अस्पतालका प्रमुख डा. सागरकुमार राजभण्डारी, उच्च अदालतका रजिष्टार कृष्ण प्रसाद पौडेल रहनुभएको छ।


नवगठित कार्यसमितिलाई शुभकामना दिँदै उच्च अदालत बागलुङ इजलासका मुख्य न्यायधिस शेषराज शिवाकोटिले अफिसर्स क्लवले न्यायक्षेत्रका व्याक्तिहरुलाई समेत समेटेकोमा खुसि व्यक्त गर्नुभएको छ। प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले क्लव कर्मचारीको कार्यालय समय वाहेको समयमा सिकाइ संगठनको रुपमा विकास भएको, भन्दै दोश्रो घरको उपमा दिनुभएको छ। वनभोज सहित आयोजना गरिएको साधारण सभामा विभिन्न भूमिकामा रहने सवैलाई धन्यवाद दिँदै प्रजिअ खरेलले उत्तर गंगा विशेषांकले बागलुङको पूरानो कार्यालय संरचनाको चिनारी दिएको दावी गर्नुभएको छ।
यसै विच लामोसमय पछि प्रकाशन गरिएको उत्तरगंगा चौथो अंकको समेत वितरण गरिएको छ। बागलुङ जिल्लाका कार्यालयहरुको कार्य प्रगति समेटिएको विशेषांक क्लवले प्रकाशन गरेपनि लामोसमयदेखि वन्द रहेको थियो। प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको विशेष पहलमा यो वर्ष चौथो अंक प्रकाशन गरिएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।