७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाडौं । नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार गाडीधनीका तर्फबाट शङ्करप्रसाद घिमिरेले दिएको निवेदनअनुसार ग २ च ९१५६ नम्बरको सो गाडी बिहान ६ बजे मुग्लिन कटेको थियो । घिमिरेका अनुसार चालक गैँडाकोट नगरपालिका वडा नं २ निवासी ४६ वर्षीय मोहनिलाल पाण्डेले आफू यात्रु लिन काठमाडौँ जाँदै गरेको भन्दै बिहान ६ बजे मुग्लिनबाट फोन गरेका थिए । त्यसको केही बेरपछि फोन सम्पर्कविहीन भएको थियो ।

खड्काले ६ बजे मुग्लिन कट्नु, प्रत्यक्षदर्शीले भनेकै रङको गाडी हुनु, मोबाइलको टावरको अन्तिम बिन्दु कुरिनटार हुनु, चालक र गाडी सम्पर्कविहीन हुनुजस्ता कारणले सो गाडी र चालक बेपत्ता भएको अनुमान गरिएको बताए । गाडीधनी अनिल शर्मा न्यौपानेका जेठान शङ्करप्रसाद घिमिरेले प्रहरीमा गाडी र चालक खोजी गरिदिन शुक्रबार निवेदन दिएको प्रहरीले जनाएको छ ।

सो गाडी खसेको स्थानीय सुनमाया चेपाङले प्रत्यक्ष देखेपछि प्रहरीलाई खबर गरिदिएका थिए । सशस्त्र प्रहरीको तालीम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीका अनुसार गाडी खसे लगत्तैबाट खोजी गर्दा पनि जीप हालसम्म भेटिएको छैन । गाडी खोज्न सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । घटनास्थल चितवनको सीमा क्षेत्रको धादिङ जिल्लामा पर्ने बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोला पर्दछ । गाडी खोजी गर्न इलाका प्रहरी कार्यालय गजुरीले चितवन प्रहरीलाई पत्राचार गरेको जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने