१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दुव्र्यवहार गरेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिइएको बताउनुभयो । “थप कुरा बुझ्न बाँकी रहेको छ”, उहाँले भन्नुभयो, “के भएको रहेछ । आज बुझ्ने कार्य हुन्छ । त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ ।” भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महिलालाई अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुव्र्यवहार गरेको स्थानीयको आरोप छ । घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो ।

वडाध्यक्षले महिलालाई दुव्र्यवहार गरेको भन्दै आक्रोषित स्थानीयले सीमा प्रहरीचौकी ब्रह्मदेव घेराउ गर्दै कारवाही मागसहित नाराबाजी गरेका थिए । महिलामाथि कुनै किसिमको दुव्र्यवहार नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग