ताजा अपडेट »

ठूलो परिमाणमा भरुवा बन्दुक र बिष्फोटक पदार्थ सहित एक जना पक्राउ

आइतबार, २९ पुस २०७५, १२ : ५४
4 Shares

२९ पुस,

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिमाणमा बिष्फोटक पदार्थ र भरुवा बन्दुक सहित जनालाई पक्राउ गरेको छ । जिल्लाको धुर्को गाउँपालीका वडा नं.३ हाडहाडे बस्ने ५१ वर्षिय शेरबहादुर जि.सीलाई भरुवा बन्दुक र अन्य बिष्फोटक पदार्थहरु सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक एसपी दिपककुमार बस्नेतले बताए ।


प्रहरीले आइतवार कार्यालयमै एक कार्यक्रम गरेर भरुवा बन्दुक र अन्य बिष्फोटक पदार्थहरु सहित जीसीलाई सार्बजनिक गरेको थियो । जिसीको घरमा एकनाले भरुवा बन्दुक नाल ४, MADE IN KOLKATA  लेखेको थान १, २६ र २२ ईन्च लामो बन्दुको नाल थान २, छर्रा बनाउन प्रयोग हुने १९ ईन्च लामो रड ६ पिस र ६ देखी ८ ईन्च लम्बाईका रड ६ पिस बरामद गरिएको बस्नेतले बताए ।
प्रहरीले जिसीको घरबाट बारुद आधा किलो,पटका सानो,ठुलो गरी ५ पाकेट, बन्दुकको केप १,बन्दुको टेगर १, कटिङ्ग पेलेट १,सटगनको खोका १, बरामद गरेको थियो । त्यस्तै टाटा र सुनेरा कम्पनिको ब्यट्री थान २, बनाउन प्रयोग गरिने युरिया आधा किलो,आरन पङ्खा थान १ बरामद गरेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

प्रहरीले गएको पुस १९ गते प्रहरी चौकी धुर्कोट बस्तुले गुल्मी धुर्कोट गाउ पालीका वडा नं.७ बस्ने कृष्ण घर्तीको घरमा भरुवा बन्दुक छ भन्ने सुचना घर तलासी लिदा १ नाल भरुवा बन्दुक फेला पारेको थियो । थप अनुसन्धान गर्देजाँदा धुर्कोट गाउँपालीका वडा नं.३ हाडहाडे जि.सी.को घरमा पनि हात हतियार तथा खर खजना छ भन्ने अनुसन्धान बाट खुल्न आए बमोजिम पुस २७ गते पक्राउ गरिएको प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । जिसीलाइ हाल जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भई रहेको खड्काले बताए ।
.

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।