ताजा अपडेट »

दाङमा वडा अध्यक्ष माथी कुटपिटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लियो

मंगलबार, १६ असार २०७७, २२ : ३३
4 Shares

दाङ । दाङको शान्तिनगर गाउँपालिकाका २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै मंगलबार भएको आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ । नेकपाका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले आक्रमणको जिम्मा लिएका हुन् । वडा अध्यक्ष डाँगीलाई विभिन्न सातवटा आरोप लगाउँदै जनताको मागअनुसार पहिलो चरणको सामाजिक कारवाही गरिएको सिंहले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

विभिन्न व्यक्तिलाई कुटपीट गरेको, गुण्डागर्दी गरेर समाजमा सामाजिक विकृति फैलाएको, जुवातास खेल्ने खेलाउने गरेको, आस्थाका आधारमा जनतालाई सेवा दिएको, भ्रष्टाचार गरेको आरोप लगाइएको छ । अज्ञात समूहको आक्रमणबाट घाइते भएका वडा अध्यक्षलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मंगलबार बिहान साढे ११ बजे वडा शान्तिनगर गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै ५÷७ जनाको समूह आएर रड र लाठी प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।

उनको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो । तर थप उपचारका बाहिर लैजानुपर्ने भएकाले काठमाडौं लैजाने तयारी भएको गाउँपालिकका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिए । उनको टाउको र हातमा गम्भीर चोट लागेको छ ।

वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले वडाध्यक्ष डाँगीको टाउको र हातमा गहिरो चोट लागेको बताए । उनले वडा अध्यक्षलाई आक्रमण गर्नेहरुको खोजी तीव्र पारिएको बताए । प्रवक्ता खड्काले घटना स्थलमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएकाले आक्रमण उनीहरुबाट भएको हुनसक्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।