ताजा अपडेट »

प्रदेश सरकारको बजेटमा बुटवल फर्निचर उद्योग संघको समर्थन, कार्यान्वयनमा जोड

मंगलबार, १६ असार २०७७, १६ : ५२
8 Shares

बुटवल । प्रदेश ५ सरकाले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा आफ्नो धारणा व्यक्त गर्दै बुटवल फर्निचर उद्योग संघले कार्यान्वयनमा जोड दिएको छ । मँगलबार संघले एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योग क्षेत्रमा सम्बोधन भएका र बिनियोजित गरिएका बजेटबाट प्रदेश सरकारले घोषणा गरेको कार्यक्रमहरु औद्योगिक बिकासको लागि पर्याप्त नभए पनि राम्रो पहल कदमिको थालनी भएको जनाएको छ ।

संघका अध्यक्ष विष्णु प्रसाद पाण्डे तथा महासचिव जिवकान्त काफ्लेद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा सरकारी कार्यालयहरुमा स्वदेशी फर्निचरको मात्र प्रयोग अनिवार्य गर्नुपर्ने महत्वपूर्ण विषयको सम्बोधन हुनु सकारात्मक भएको उल्लेख गरिएको छ । ‘स्वदेशी कच्चा पदार्थबाट उत्पादनमा आधारित फर्निचर उद्योगहरुको बिकासको लागि दक्ष जनशक्ति उत्पादन गर्र्न र विभिन्न शिपमुलक तालिम संचालनका लागि २ करोड र लघु, घरेलु तथा साना उद्योग बिकास कोषको लागि १० करोड विनियोजन भएकोमा विनियोजित बजेटलाई सफलता पूर्वक कार्यान्वयन गर्नको लागि ध्यानाकर्षण गर्दछौं ।’-विज्ञप्तिमा उल्लेख गरिएको छ ।

५० हजार युवालाई स्वदेशी उद्योगहरुमा व्यवस्थापन गर्ने लक्ष्य लिनु, विदेशी कामदारले अनिवार्य श्रम स्वीकृत लिनुपर्ने व्यवस्था तथा उत्पादन क्षेत्रलाई लक्षित गरी ल्याएको कार्यक्रम र विनियोजित बजेटको सहि तरिकाबाट र समयमा नै कार्यान्वयन गर्नको लागि संघले आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।