ताजा अपडेट »

वाइडबडी घोटाला काण्डमा तानिए कांग्रेस सभापति देउवा

शनिबार, २८ पुस २०७५, ०६ : ४१
4 Shares

पुस २८,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी घोटालामा संलग्न ब्यक्तिलाई कारवाही गर्न संसदको रोष्टमबाट केही दिनअघि सरकारलाई चेतावनीमुलक आग्रह गरेका थिए । तर वाइडबडी घोटालामा पूर्वप्रधानमन्त्री देउवा आफै तानिएका छन् ।

भ्रष्टाचारीलाई कारवाहीको माग गर्ने देउवा आफै भ्रष्टाचारमा तानिएका छन् । उनी पछिल्लो पटक प्रधानमन्त्री हुँदा केही समय पर्यटन तथा नागरिक उड्यमन्त्रीको जिम्मेवारी पनि समालेका थिए । सोही बेला पनि वाइडबडी विमानको किस्ता भूत्तानी गरिएको तथ्य फेला परेको छ । उनको कार्यकालमा भूत्तानी भएकको देखिएपछि छानविनमा तानिएका हुन् ।

२०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद्को सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयनमन्त्री रहेको उल्लेख छ । तर यो मन्त्रालयको विवरण गलत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।