ताजा अपडेट »

धुले उडानलाई निरन्तरता दिने तयारी

शनिबार, २८ पुस २०७५, ०६ : १५
4 Shares


२८ पुस,
गुल्मी । गुल्मीको रेसुङ्गा बिमानस्थलबाट छिट्टै धुले उडानले निरन्तरता पाउने भएको छ । रेसुङ्गा नम्बर १० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थलमा धुले उडानको लागि केहि निर्माणका काम सम्पन्न हुन साथ धुले उडानले निरन्तरता दिने तयारी भइरहेको निर्माण समिति अध्यक्ष मधुकृष्ण पन्तले बताए ।उनले धुले उडानको लागि नेपाल नागरिक उड्यान प्राधिकरणसँग छलफल भइरहेको बताए । केहि दिन पहिले प्राधिकरण र पराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेटेर नियमित धुले उडान र आगामी बजेटको लागि छलफल गरेको पन्तले बताए ।


उडानको निम्ति केहि पुरा गर्नु पर्ने निर्माणको काम बाहेक अन्य समस्या नरहेको अध्यक्ष पन्तको भनाइ छ । परिक्षण उडान सम्पन्न भएको छ अध्यक्ष पन्तले भने, ‘धुले उडान निमित गर्नको निम्ति पनि अब छिट्टै सुरु हुन्छ यो मिति बाट अहिले नभनउ ।’ अहिले चलिरहेको निर्माण कार्य सम्पन्न भएपछि मात्रै अरु टावर लगायतका निर्माणको निम्ति बजेट आउने अध्यक्ष पन्तले बताए । परिक्षण उडान पछि नियमित उडानबारे धेरैको चासो वढेको छ अध्यक्ष पन्तले भने, ‘नियमित उडान कसरी गर्ने बारे ध्यान दिइरहेका छौं ।’ नियमित उडानका लागि थुप्रै काम बाँकी भएको सुनिल समिर निर्माण सेवाका प्रमुख नारायण पोखरेलले बताए ।

उनले अहिलेसम्म वेस निर्माणकै काम भएकाले रनवे, टावर, ग्राभेल र सुरक्षाको काम त्यतिकै रहेको बताए । ती सवैको लागि ठूलो रकम आबश्यक पर्ने बताए । बन्दै गरेको बिमानस्थलले गुल्मीवासी धेरै खुसि पनि जगाएको छ । एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न गरे पनि नियमित उडान भने हुन सकिरहेको छैन् । विमानस्थल ०६३ सालमा तत्कालिन पर्यटनमन्त्री प्रदिप ज्ञवालीले सुरुवात गरेका थिए । निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा निकै लामो समय लाग्यो ।
पुनः ज्ञवाली मन्त्री बनेकै बेला गएको जेठ २७ गते आफ्नै उपस्थितिमा परिक्षण उडान पनि भयो । निर्माण कार्यशुरु भएको झण्डै १२ वर्ष पछि तारा एअरको बिमानले धुले परिक्षण उडान गरेको थियो । धुले उडानले स्थानियमा ठूलो खुसि र आशा जगाएको थियो । परिक्षण उडानका लागि पोखराबाट आएको तारार एअरको विमानमा चालक दलका सदस्य सहित ९ जनाको टोली सवार थिए । कुल १८ जना यात्रु अटने विमानले परिक्षण उडान गरेको थियो ।
परिक्षण उडानपछी तारा एअरका चालक दलका क्याम्पटेनहरुले पानी परेको समय बाहेक अन्य समयमा धुले उडानको गर्न सकिने बताएका थिए । विमानस्थल निर्माण कार्य अन्तिम चरण पुगेर परिक्षण उडानले गुल्ममेलीहरुको जहाज चढ्ने सपना पुरा हुने आशा पलाएको छ ।तर कहिलेबाट सुचारु होला भन्ने स्थानियमा जिज्ञासा पनि उत्तिकै रहेको छ । गुल्मीमा ०३६ सालबाट विमानस्थल सञ्चालनमा ल्याउनको लागि छलफलहरु भएपनि त्यसले मूर्त रुप पाउन सकेको थिए ।


धेरै छलफल र चर्चा परिचर्चापछी मात्रै ०६३ सालबाट गुल्मीमा विमानस्थल सञ्चालन गर्न आधिकारिक सुरुवात भएको थियो । ५ सय ६० मिटर लम्बाइ भएको धावनमार्ग ५० मिटर चौडा रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ । विमानस्थलको ७८ रोपनी १० आना भन्दा क्षेत्रफल रहेको छ ।कुल क्षेत्रफल मध्ये करिब ५६ रोपनी सार्वजनिक जग्गा छ । निर्माधिन विमानस्थलमा हाल सम्म ४६ जना घरधुरी तथा जग्गा धनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको रेसुङ्गा बिमानस्थल समितिका अध्यक्ष पन्तले बताए ।

विमानस्थल निर्माण लागि हालसम्म करिव १४ करोड वढि खर्च भइरहेको छ । विमानस्थल नियमित सञ्चालन भएपछि जिल्लाको पर्यटन प्रवद्धनमा टेवा पुग्ने स्थानियको भनाइ छ । गुल्मीबाट नियमित जहाज शुरु भए वर्षातको समयमा बुटवल नजिकै रहेको सिद्धबाबाको पहिरोको जोखिममा यात्रुलाई झेल्नु नपर्ने स्थानिय वासीको तर्क रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।