ताजा अपडेट »

तिलोत्तमामा दुई दिने चित्रकला कार्यशाला

शुक्रबार, ०५ असार २०७७, १२ : ११
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा शुक्रबारदेखि ‘देश भरीका कलाकारहरु एक जुट हौं, गुणस्तरीय कलाको सृजना गरी पेशागत मर्यादा माथी उठाऔं’ भन्ने नाराका साथ दुई दिने चित्रकला कार्यशाला सुरु भएको छ । नेपाल व्यावसायिक कलाकार संघको आयोजना र तिलोत्तमा नगरपालिकाले प्रमुख प्रायोजन तथा झरना स्पोर्ट्स क्लब कुञ्जपार्कको सहयोगमा २५ औँ संघ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा तिलोत्तमामा दुई दिने चित्रकला कार्याशाला सुरु भएको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले नगरले कलाको सम्वर्धनसँगै प्रर्वद्धन गर्ने बताए । साथै उनले यस प्रकारका कलालाई पर्यटनसँग जोड्नु पर्ने पनि बताए ।नगरमा भएका यस प्रकारका कलाको संरक्षण, प्रर्वद्धन गर्नका लागि तयार भएको बताउँदै आवश्यक परेको अवस्थामा सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । नेपाल व्यसायिक कलाकार संघका अध्यक्ष बेन प्रसाद थापाले चित्रकला कार्याशालामा रुपन्देही भरीका गरी २५ जना चित्रकारहरुको सहभागिता रहेको बताए । उनीहरुले थारु, गुरुङ्ग, नेवारी लगायत बिभिन्न भेषभुषा र एतिहासिक स्थल तथा मन्दिरहरुको वृत्तचित्र बनाउने बताए ।

कार्यक्रममा तिलोत्तमामा नगरपालिकाकी उप–प्रमुख जागेश्वरदेवी चौधरी, यम बहादुर थापा, गोबिन्द्र प्रसाद चौधरी, एच.वि. रम्तेल, मन गोल्डी, लोक पुन, खेम बहादुर बि.क. दिलिप रसाली, सुमित्रा राना, विक्रम तरामु, अमर परिवार लगायतको सहभागिता रहेको थियो । चित्रकला कार्यशाला शनिबार एक कार्यक्रमको बीच समापन गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।