ताजा अपडेट »

राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी

शुक्रबार, २७ पुस २०७५, ०९ : ३७
4 Shares

    २७ पुस,

गुल्मी । गुल्मीमा राष्ट्रिय परिचय पत्र वितरण हुने भएको छ । राष्ट्रिय परिचय पत्र वितरण हुने १५ जिल्लामा गुल्मी पनि परेको छ । बितरणको लागि जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख र सरकारी कार्यालयका प्रतिनिधी तथा राजनैतिक दल एवं सरोकारवालासंग बिभागले शुक्रबार छलफल तथा अन्तक्रिया गरेको छ ।
नेपाल सरकारको निति बमोजिम व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण सहितको राष्ट्रिय परिचय पत्र नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका निर्देशक शिवराज जोशीले बताए । पहिलो चरणमा प्रदेश ५ नं का गुल्मी र कपिलवस्तुमा वितरण गर्ने कार्यक्रम राखेको जोशीले बताए ।
जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले परिचय वितरणलाई छिटोभन्दा छिटो अगाडी बढाउनुपर्नेमा जोड दिए । यसले सवै नागरिकमा खुसीको संचार गरेकाले अभियान व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाका सवै निकाय, वर्ग तथा समुदाय तयार रहेको पराजुलीले बताए ।
यो कार्यक्रम जिल्लामा जतिसक्दो संचालनको तयारी भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उनले अहिले स्थानीय तह र सरोकारवालासंग पहिलो संवाद भएको र सवै सकरात्मक भएकाले चैत अथवा बैशाखबाट अभियान संचालन हुने प्रजिअ पौडेलले बताए ।
विभागका निर्देशक जोशीले व्यक्तिको जैविक तथा वैयक्तिक विवरण र विद्युतिय चिप एवं सुरक्षण सहितको परिचय पत्र भएको बताए । प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने प्रणालीको विकास गरी त्यसको प्रतिफल स्वरुप राष्ट्रिय परिचय पत्र वितरण गर्ने निती रहेको सरकारको रहेको बताए ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन र सूचना प्रणालीको माध्यमबाट गुणस्तरीय सार्वजनिक सेवा तथा शान्ति, सुरक्षा र सुशासन प्रर्वद्धन गर्ने उदेश्य रहेको जोशीले बताए । राष्ट्रिय परिचय पत्र लागु भइसकेपछि विभिन्न सरकारी एवं अन्य सेवा सुविधासंग आवद्ध गरी नागरिकलाई ई—सर्भिस गराउन सकिनेछ । सार्वजनिक सेवा सुविधा ई—सर्भिससंग आवद्ध भई पेपरलेस सेवा सुविधा उपलब्ध हुने अपेक्षा सरकारको छ । सुरक्षित र आधिकारीक तथ्यांक र विवरण सहितका सेवाहरु सहजरुपमा पाउन सकिने छ ।
जसबाट कर, राजश्व छली लगायका आर्थिक अनियमितामा नियन्त्रण हुने, तथा बैदेशिक रोजगारको क्षेत्रलाई समेत सुशासित तुल्याउन मद्दत पुग्ने, मुलुकमा सुशासन कायम हुने उनले बताए । गुल्मीमा १२ स्थानीय तह, ९३ वडा र दुई लाख ८० हजार दुई सय ६० जनसंख्या रहेको छ । भने १६ बर्ष माथीको जनसंख्या एक लाख ६८ हजार छ सय २८ रहेको तथ्याङ्क छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।