ताजा अपडेट »

लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

मंगलबार, २७ जेठ २०७७, १५ : ४०
4 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बैठक बोलाइएको स्रोतले बताएको छ । 

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।  सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । पछिल्लोसमय थपिएको लकडाउन जेठ ३२ गतेसम्म कायम छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।