ताजा अपडेट »

दाङमा थप ६ जनामा कोरोना संक्रमण

मंगलबार, २७ जेठ २०७७, १५ : २६
6 Shares

तुलसीपुर । दाङ्गमा बुधवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परिक्षणका क्रममा वंगलाचुली गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति वंगलाचुली गाउँपालिका वडा नम्वर ४ का क्रमशः २१,२३, २६,३२,३६ र ३७ वर्षका पुरुषहरु रहेका छन् । यो संगै दाङ्गमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।

संक्रमितहरु भारतका विभिन्न ठाउँबाट आएर क्वारेन्टाइन वस्दै आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।