ताजा अपडेट »

तिलोत्तमा हत्या प्रकरण : प्रतिनिधिसभा सदस्य पौडेलको ध्यानाकर्षण

मंगलबार, २७ जेठ २०७७, १४ : ३७
2 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा गएराती भएको सामुहित हत्याको सत्यतथ्य छानविन गर्न माग गरिएको छ । घटना बारे सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रतिनिधिसभा सदस्य तथा नेकपाका महासचिव सचिव विष्णु पौडेलले मँगलबार एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा लेखिएको छ–‘सामुहिक हत्याको यथाशीघ्र छानबिन र अनुसन्धान गरि सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको गम्भिर ध्यानाकर्षण गराउछु । मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछु ।’

पौडेलले समाजमा डरलाग्दो ढंगले देखा परिरहेका यस किसिमका आपराधिक मनोवृती फैलिन नदिन तथा नागरिकलाई सुरक्षाको प्रत्याभुती गर्ने ध्यानाकर्षण गराएका छन् । घटना बारे छानविन गर्नका लागि प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले समते संसदमा आवाज उठाएका छन् ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटीले तिलोत्तमा नगरपालिका वडा नम्बर १० मंैनहियामा पाँचजना व्यक्तिको ज्यान जानेगरी घएको घटनाले आफ्नो पार्टीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै नेकपाले घटनाको निन्दा गर्दै दोषीउपर कडा कारवाही र पीडित परिवारलाई राहतको माग गरिएको छ । नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी विज्ञप्तीमा घटनाको यथार्थ छानविन गर्न र यस्ता घटना दोहोरिन नदिन शान्ति सुरक्षाको राम्रो प्रवन्ध गर्न माग गरिएको छ । साथै विज्ञप्तीमा मृतकप्रति श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरिएको छ । घटनामा गंगादेवी पशुफार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करन चौधरी र आशिष चौधरीको घटनामा ज्यान गएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।