ताजा अपडेट »

१० अर्ब कहाँ खर्च भयो ? हामीलाई यसको एक-एक हिसाब चाहिन्छ : गगन थापा

मंगलबार, २७ जेठ २०७७, १४ : १६
8 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कोरोनाको नियन्त्रण गर्नको खर्च गरेको १० अर्बको एक–एक रुपैयाँको हिसाब चाहिने बताए ।

‘१० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको हिसाब चाहिन्छ’, थापाले भने, ‘पाँच हजार पीसीआर मेसिन, २५ हजार कीट किनेर दश अरब रुपैयाँ हिसाब देखाउनु पर्दैन हामीलाई एक एक रुपैयाँको हिसाब चाहिन्छ।’ थापाले प्रतिनिधिसभामा आफूहरुले माघदेखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताकाबारे आवाज उठाउँदै आए पनि सरकारले नसुनेको भन्दै आक्रोश पोखे ।

https://youtu.be/1C-OpZZsxTs
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।