ताजा अपडेट »

सरसामानसहित भागे नेपालको क्वारेन्टाइनमा बसेका ४० भारतीय

मंगलबार, २७ जेठ २०७७, १२ : ५४
6 Shares

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए।

उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।