ताजा अपडेट »

युनाइटेडका लिजेन्ड ड्युनको निधन

मंगलबार, २७ जेठ २०७७, ११ : २०
2 Shares

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी टोनी ड्युनको निधन भएको छ । युनाइटेडबाट युरोपियन कप जितेका लिजेन्ड ड्युनको ७८ वर्षको उमेरमा निधन भएको हो ।

प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए । म्यानचेस्टर युनाइटेडले ड्युनको निधनको पुष्टि गर्दै क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका महान् खेलाडीको भएको बताएको छ । 

ड्युनले युनाइटेडका लागि ५ सय ३५ खेलमा प्रतिस्पर्धा गरेका छन् । आयरल्यान्डका पूर्वअन्तर्राष्ट्रिय खेलाडी टोनीले ओल्ड ट्राफोर्डमा १३ वर्ष बिताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।