२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । अमेरिकन गायिका बोनी पोइन्टरको ६९ वर्षको उमेरमा निधन भएको छ । बोनीको सोमबार हृदयाघातका कारण निधन भएको उनकी बहिनी अनिताले पुष्टि गरेकी छन् । उनी आफ्ना तीन दिदिबहिनीसँग मिलेर गायन ग्रुप (ब्यान्ड) ‘पोइन्टर सिस्टर्स’ मा सक्रिय थिइन् । 

सञ्चारमाध्यमलाई जानकारी दिँदै अनिताले सम्पूर्ण ‘पोइन्टर सिस्टर्स’ र पोइन्टर परिवारका तर्फबाट उनका लागि प्रार्थना गरिदिन आग्रह गरेकी छिन् । साथै उनले बोनीको निधनले परिवार दुःखी भएको पनि बताएकी छिन् । तीनपटक ग्रामी अवार्ड विजेता ‘पोइन्टर सिस्र्टस’को ‘फोर माई लभ’ चर्चित गीतमध्ये एक हो ।  सन् १९७० मा लोकप्रिय भएका ‘पोइन्टर सिस्टर्स’को सन् १९७५ मा निस्किएको ‘फेयरिटेल’ गीतले यो ब्यान्डलाई पहिलो ग्रामी अवार्ड दिलाउन सफल भएको थियो ।

तर यसको दुई वर्षपछि बोनीले ब्यान्ड छाडेर एकल गायनमा सक्रिय थिइन् । अहिले ‘पोइन्टर सिस्टर्स’ मा पोइन्टर दिदिबहिनी मात्रै सक्रिय छिन् । जसमा उनले आफ्नी छोरी र नातिनीलाई पनि सामेल गराएकी छिन् । –बीबीसी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा १० अंकले बढ्यो सेयर बजार