ताजा अपडेट »

तिलोत्तमा हत्या प्रकरण : हत्यारा सार्वजनिक गरेर मात्रै शव उठाउन माग

मंगलबार, २७ जेठ २०७७, १० : ५१
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजार, मैनैयामा भएको सामुहिक हत्यामा संग्लनलाई हत्यारा सार्वजनिक गरेर मात्रै मृतकको शव उठान स्थानीयले माग गरेका छन् । मृतक ५ जनाको शव लैजान २ वटा एम्बुलेन्स घटनास्थल पुगि सकेका छन् । तर, हत्यामा संग्लनलाई सार्वजनिक गनुपर्ने स्थानीयको मागले शव उठ्न सकेको छैन ।

गएराती वडा नं १० कान्छि बजारका कृष्ण पुन को भैसी फर्ममा काम गर्ने ६ जना मध्ये ५ जना लाई हत्या भएको थियो ।मारिनेमा ३७ वर्षिया जानकी मुसहर, ४० वर्षिय माधव मुसहर, १४ वर्षिय पोखराज मुसहर, १७ वर्षिय करण चौधरी र १७ वर्षिय आशिष चौधरी रहेका छन् । प्रारम्भीक जानकारी अनुसार मृतक माधब र जानकी श्रीमान श्रीमती भएको र उनीहरु रुपन्देहीको सैनामैना बालापुरका हुन् ।

घटनास्थलमा संलग्न भएको आशंकमा प्रहरीले सुर्खेतका झपेन्द्र सिंजालीलाई पक्राउ गरेको छ । उनी पनि सोहि भैसी फर्ममा काम गर्ने कामदार हुन् ।

https://www.globalaawaj.com/archives/39865
https://www.globalaawaj.com/archives/39892
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।