ताजा अपडेट »

दाङको कोरोना विशेष अस्पतालबाट ३ जना कोरोना संक्रमित डिस्चार्ज

मंगलबार, २७ जेठ २०७७, १० : २७
4 Shares

दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा रुपन्देही ३ जना रहेको अस्पातलले जनाएको छ । स्वास्थ्य मन्त्रालयकाको निर्देशिक अनुसार उनीहरुलाई मंगलवार विहान डिस्चार्ज गरेको अस्पतालका सदस्य सचिब डा. सर्बेश शर्माले बताए ।

अस्पतालमा आएको करिब १८ दिन पछि उनीहरु डिस्चार्ज भएको समेत उनले बताए । अहिले अस्पतालमा ४८ जना कोरोना संक्रमितहरु रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यो संगै अस्पतालबाट २१ जना डिस्चार्ज भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।