ताजा अपडेट »

तिलोत्तमा सामूहिक हत्या घटना : ५ जनाको सनाखत

मंगलबार, २७ जेठ २०७७, ०९ : ४७
14 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजार, मैनैयामा भएको सामुहिक हत्याकाण्डमा मारिने पाँचै जनाको पहिचान भएको छ । गएराती भएको घटनामा १ महिला र ४ पुरुषको मृत्यु भएको हो । मारिनेमा ३७ वर्षिया जानकी मुसहर, ४० वर्षिय माधव मुसहर, १४ वर्षिय पोखराज मुसहर, १७ वर्षिय करण चौधरी र १७ वर्षिय आशिष चौधरी रहेका छन् । प्रारम्भीक जानकारी अनुसार मृतक माधब र जानकी श्रीमान श्रीमती भएको र उनीहरु रुपन्देहीको सैनामैना बालापुरका हुन् ।

स्थानीय कृष्ण पुनले सञ्चालन गरेको गंगादेबी पशु फार्ममा उनीहरुको सामुहिक हत्या भएको हो । घटनामा मृतक आशिष र करण चौधरी स्थानीय बासिन्दा हुन् । फार्ममा काम गर्ने पोखराज साथी भएको हुनाले उनिहरु फार्ममा गएको हुनसक्ने इलाका प्रहरी कार्यालय मँगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी गराए ।

घटनास्थलमा संलग्न भएको आशंकमा प्रहरिले सुर्खेतका झपेन्द्र सिंजालीलाई पक्राउ गरेको छ । उनी लागु पदार्थ दुव्र्यसनी हुन । घटनास्थलमा रगतले पोतीएको कोदालो भेटिएकाले हत्यामा कोदालो प्रयोग भएको हुनसक्ने प्रहरीले बताएको छ । फार्ममा ६ जना कामदार थिए । पक्राउ परेका सिंजाली पनि सोही फार्मका काम गर्ने कामदार हुन । घटनाको अनुसन्धान भइरहेको प्रहरिले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।