ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा सँगै काम गर्ने व्यक्तिले गरे ५ जनाको हत्या

मंगलबार, २७ जेठ २०७७, ०७ : ३९
4 Shares

बुटवल । गएराती रुपन्देहीको तिलोत्तमामा एकैसाथ ५ जनाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा उक्त घटना भएको हो । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुन को भैसी फर्ममा काम गर्ने ६ जना मध्ये ५ जना लाई हत्या गरि अर्का १ जना फरार रहेको वडा नम्बर १० का अध्यक्ष व्यासमुन थारुले जानकारी गराए ।

कृष्ण पुनको गँगादेवी पशुफार्ममा सँगै काम गर्ने सुर्खेतका झपेन्द्र सिंजापतीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १ जना महिला तथा ४ जना पुरुषको कोदालाले हानेर हत्या गरेको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना बारे बुझ्न अहिले स्थानीय र प्रहरी घटनास्थालमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।