ताजा अपडेट »

रोटरीद्वारा हेल्थपोष्टलाई शौचालय र पिपिई हस्तान्तरण

मंगलबार, २७ जेठ २०७७, ०७ : १८
6 Shares

तिलोत्तमा । रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा –१० सेमरा स्थित सेमरा बजार स्वास्थ्य चौकीलाई शौचालय हस्तान्रण गरेको छ । सोमबार एक समारोहका बीच सामाजिक दूरी कायम गर्दै शौचालय उद्घाटनसँगै ५ थान पिपिई सेट पनि हस्तान्तरण गरेको क्लबका अध्यक्ष रो. सुुरज प्रसाद खत्रीले बताए ।

शौचालय उद्घाटन तथा हस्तान्तरण समारोह क्लबका अध्यक्ष सुरज खत्रीको अध्यक्षता, वडा नं.१० का अध्यक्ष व्यासमुनी चौधरीको प्रमुख आतिथ्यता र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट जोन १७ का एसिस्टेण्ट गभर्नर रो. गोपालप्रसाद न्यौपाने, जोन १६ का एसिस्टेण्ट एसिस्टेण्ट गभर्नर रो. ईन्द्र रिसालको विशेष आतिथ्य तथा स्थानिय समाजसेवी कृष्ण पौडेलको आतिथ्यतामा सम्पन्न भएको थियो ।
रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुुटान अन्तर्गतको डिस्ट्रिक्ट ग्राण्ट प्रोजेक्ट अन्तर्गत तिन लाख एकचालिस हजार रुपैयाको लागतमा रोटरी क्लब अफ रुपन्देहीले सो शौचालय निर्माण गरेको क्लबका प्रेसिडेण्ट इलेक्ट रो. गौतम भुसालले बताए ।

मार्च मनिामैै निर्माण सम्पन्न गरिसक्नुपर्ने भएपनि कोरोनाको महामारी संगै सरकारले घोषणा गरेको लकडाउनका कारण रोकिएको उक्त शौचालय क्लबले सोमबार उद्घाटनसंगै हस्तान्तरण गरेको हो । उद्घाटन तथा हस्तान्तरण समारोहमा बोल्दै रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ जोन १६का एसिस्टेण्ट गभर्नर तथा यसै क्लवका एसाईन एजी रो. इन्द्र रिसालले यस क्लव रोटरी डिष्ट्रिक्ट ३२९२को जोन १६का क्ल्वहरु मध्यमा सर्बोत्कृष्ट रहेको बताए ।

उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण पौडेल, क्लवका पाष्ट प्रसिडेन्ट रो.गोपाल प्रसाद न्यौपाने, सेमरा बजार स्वास्थ्य चौकीका इन्चार्ज कमल पाण्डे लगाएतले आ–आफ्ना भनाई राखेका थिए । क्लबका प्रेसिडेण्ट इलेक्ट रो. गौतम भुसालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा पास्ट प्रेसिडेण्ट रो. राजकुमार पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए ।

रोटरी क्लव अफ रुपन्देहीले रोटरी ईन्टरनेसनलको ग्लोबल ग्रान्ट अन्तर्गत करिव १करोड २० लाख सहयोगमा उक्त स्वास्थ्य चौकीलाई अत्याधुनिक मात्रृ-शिशु अस्पतालको रुपमा स्तरोन्ती गरि केही महिना भित्रै हस्तान्तरण गर्ने समेत जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।