ताजा अपडेट »

भ्याट छुटको मागसहित ट्रक यातायात व्यवसायीद्वारा मूख्यमन्त्रीलाई ज्ञापनपत्र

सोमबार, २६ जेठ २०७७, २२ : ५०
4 Shares

बुटवल । नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचले प्रदेशका मूख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउदै ट्रक व्यवसायीका समस्या समाधानका लागि आगामी बजेटमा व्यवस्था गर्न माग गरेका छन । कोभिड १९ ले गर्दा ट्रक व्यवसायीले भोग्नु परेको समस्याका बारेमा अवगत गराउदै मालवहाक सवारी साधनमा गत वर्ष देखि लगाईएको मूल्य अभिवृद्धिकर भ्याटको विककल्प ल्याउन मूख्यमन्त्री समक्ष माग गरिएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचका संयोजक यम प्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव तथा सल्लाहकार जित बहादुर भाटले संयूक्त रुपमा ज्ञापनपत्र बुझाउँदै संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पनि मालवहाक सवारी साधनलाई मुल्य अभिबद्धिकर भ्याट यथावत राखिएकोले यो सम्भव नभएकोले यसलाई हटाउन माग गरेका छन् ।

ज्ञापनपत्रमा कोभिड १९ को माहामारीको अवधीसम्मको यातायात व्यवसायीले लिएको बैक तथा वितिय संस्थाको ऋणको व्याज मिनाहा र किस्ताको पुनरताजकिकरणका लागि बजेटमा व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै महामारीको समयमा पनि ट्रकका चालक र सहचालकले जोखिम मोली सवारी संचालन गरेकाले उनिहरुको सुरक्षाको प्रवन्ध मिलाउनुका साथै कोेभिड १९ को माहमारीमा अग्रपङ्तीमा खटिने सरहको बीमाको व्यवस्था मिलाउन माग गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।