२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोध गर्दै सोमबार देशभर बिरोध गरिएको छ । एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण परिषद्, नेपाल लगायतका बिभिन्न दलले रुपन्देहीको बुटवलमा पनि बिरोध गरेका छन् ।

Advertisement

संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हित बिपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको बिरोध गरेका छन् । सोही कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले एमसीसीका कारण बैदेशीक हस्तक्षेप बढेको बताए । उहाँँले एमसीसी खारेज गर्नका लागि सरकारका बिरुद्व सशक्त प्रकारको आन्दोलन उठाउनु पर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले सरकारले ल्याउन लागेको एमसीसी परियोजना संसद र सदनबाट फेल गराउनुको विकल्प नभएको बताए ।

एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उनको तर्क छ । उनले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताउंदै कालापानी क्षेत्रको लिपुलेक लिम्पियाधुरा र भारतद्वारा ७१ ठाउंमा मिचिएको नेपाली भूमि फिर्ताका लागि अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी मालेका स्थायी समिति सदस्य गोपालमणि गौतमले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाली जनतालाई झुक्काउन लागेको बताए । नेकपा माओवादी केन्द्रका सचिव विनोद उपाध्यायले एमसीसी पास भए शिदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोग गर्ने भएकाले एमसीसी फेल गराउन आन्दोलन आवश्यक रहेको बताए ।

राष्ट्रिय जागरण परिषद् नेपाल, रुपन्देही अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको सम्झौताबाट अमेरिकन लगानी भित्राएर सरकारले नेपाली जनताको नाममा व्यापार गर्न लागेको दावी गरे । राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीको अध्यक्षता र मजीव ओलीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने विभिन्न दलका नेताहरुले विश्वभर फैलिएको कोरोना भाइरसबाट त्रसति हुन नहुने र कोरोना उपचार, रोकथाम तथा नियन्त्रणको विषयमा सरकारले उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा