ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा पनि पहिलो पटक ३ जनामा कोरोना संक्रमण

सोमबार, २६ जेठ २०७७, १७ : ४९
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार पहिलो पटक ३ जनाम कोरोना संक्रमण देखा परेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले तिलोत्तमा वडा नं. ४, ८ र ९ का १/१ जना गरि ३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।सक्रमित पुष्टि भएकाहरु वडा नं. ९ का ३५ वर्षिय र वडा नं. ८ का ६२ वर्षका पुरुष र वडा नं. ४ की ४४ वर्षकी महिला रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएकाहरु सवै भारतको मुम्वईबाट आएका हुन । नगरपालिकाका प्रमुख घिमिरेका अनुसार क्वारेन्टिनमा राखिएकाहरुको आरडिटी परिक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई शंकरनगर स्वास्थ्य चौकिमा बनाईएको आईसोलेसनमा राखिएको थियो ।
ति मध्ये ११ जनाको पिसिआर नेगेटिभ आएको र ३ जनाको रिपोर्ट पोजेटिभ आएको घिमिरेले जानकारी दिए ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आईसोलेसनमा उपचाररत रहेको घिमिरेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।