ताजा अपडेट »

थप ३१४ जनामा कोरोना, संक्रमितको संख्या ३७६२ पुग्यो

सोमबार, २६ जेठ २०७७, १६ : २९
6 Shares


बुटवल । नेपालमा आज थप ३१४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा ३१४ जना संक्रमित थपिएका बताएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्। सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।