ताजा अपडेट »

दाङमा अज्ञात समूहद्वारा ४ वटा जेसीवीमा आगजनी

सोमबार, २६ जेठ २०७७, १५ : ०६
4 Shares

दाङ । दाङमा अज्ञात समुहले एकै दिन चार वटा जेसीवीमा आगजनी गरेको छ । जिल्लाको गढवा गाउँपालिका १ जेठानगाउँमा पार्किङ गरी राखेको चारवटा जेसीवीमा अज्ञात समुहले सोमबार बिहान १ बजे तिर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार बा २ क ४४८२, बा २ क २२७१ , बा २ क ३१४८ र रा १ ख ७१३ नवरको जेसीवीमा आगजनी भएको हो । आगजनीबाट जेसीवी पु्र्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।बज्रगुरु कान्छाराम कन्ट्रक्सन प्रालिको स्काभेटर रहेको प्रहरीले जनाएको छ । ती जेसीवी कल्यानणकोट , कालाकाटे गढवा सिक्टा सड्क राष्ट्रिय आयोजना निर्माणमा प्रयोग भएका थिए ।

रोकी राखेको जेसीवीमा कसले र किन आगजनी गरेको हो भन्ने विषयमा अनुसन्धान भईरहेको डिएसपी खड्काले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।