२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत् शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

Advertisement

स्वास्थ्य चौकीबाट नियमित प्रवाहहुँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थान्तरण गरी आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । आइसोलेसन सेन्टरमा एक जना चिकित्सक, एक जना नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका छन् । बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकाहरुलाई आइसोलेसनमा राख्न थालिएको छ । यहाँ सोमबारसम्म आरडिटी पोजेटिभ देखिए पनि पिसिआरको नतिजा आइनसकेका समेत गरी १४ जना रहेको आइसोलेशन ईञ्चार्ज केशव भट्टराईले बताए ।

२० बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनको भनाइ छ । सेन्टरमा आइसियु र भेन्डिलेटरको सुविधा नचाहिने कोरोनाका संक्रमित तथा सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ । सेन्टरमा २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको चिकित्सक संजोग पाठकले जानकारी दिए । तिलोत्तमा नगरपालिकाले आइसोलेसनको लागि आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकाश गरेर लैजाने गरी पूर्वाधार निर्माण गरिएको जानकारी दिए । उनका अनुसार अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्र्तगत् शंकरनगर र कोटिहवामा क्वारेन्टाइन सञ्चालन गरिरहेको छ

प्रतिकृया दिनुहोस्

Flash News

पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा १० अंकले बढ्यो सेयर बजार