ताजा अपडेट »

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुख विकलाई कोरोना संक्रमण

सोमबार, २६ जेठ २०७७, १४ : ०१
6 Shares

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार वि.क.लाई कोरोना संक्रमणको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा नगरउप्रमुख विकमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयक सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

भारत लगाएत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको संक्रमण देखिएको हुन सक्ने विकले बताए । ‘म नगरपालिका भन्दा बाहिर गएको छैन्, भारतबाट आएका दाजुभाई तथा दिदिबहिनीहरु संक्रमित भएर उहाँहरूबाट सङ्क्रमित भएको हुनसक्छ ।’ उनले ग्लोबल आवाजसँग भने, ‘अहिले स्वास्थ्य सामान्य छ, निको भएर जनताको सेवामा फेरी लाग्छु । आत्मबल बलियो बनाएर बसेको छु ।

नगरपालिका उपप्रमुखमा कोरोना पुष्टिको समाचार सार्वजनिक हुँदा जनतामा भएको डर, त्रास कम हुने भएकोले उहाँहरुको मनोबल उच्च पार्न सहयोग पुग्ने उनले बताए । यस्तै आज उनी सहित ३१ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाका २९ जना , शितगंगा नगरपालिकाका १ जना र पाणिनि गाउँपालिकाका १ जना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।