ताजा अपडेट »

दाङमा अज्ञात समूहद्वारा पाइपमा आगजनी, ६ लाख बढीको क्षति

सोमबार, २६ जेठ २०७७, १३ : १८
4 Shares


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको छरछरे खानेपानी तथा सरसफाइ समितिमा राखिराखेकाे पाईपहरुमा आगजनी भएकाे छ । रातीकाे समयमा आगजनी भएका कारण कसले के कारणले आगजनी गरेकाे हाे भन्ने बारेमा खाेजी कार्य भईरहेकाे बेलझुण्डी अस्थायी प्रहरी पाेष्टका ईन्चार्ज बलिराज शाहीले जानकारी दिए ।

गएराती करिव १२ बजे तिर आगलागी भएको स्थानीयले जानकारी दियका छ्न । स्थानीय, समितिका पदाधिकारी, र अस्थायी प्रहरी बिटबाट गएका प्रहरीहरुकाे सहयाेगमा करिव २ पछि आगाे नियन्त्रणमा आएकाे थियाे । आगजनी भए लगत्तैबाट खानेपानी समितिका पदाधिकारी, स्थानिय, र प्रहरीहरुकाे प्रत्यक्ष सहभागितामा त्रिपक्षीय छलफल भईरहेकाे छ ।

घाेराही तुलसीपुर सडक खण्डदेखि करिव ५ सय मिटर दक्षिणमा रहेकाे उक्त खानेपानी भवनमा राखिएकाे करिव ६ लाख ५६ हजार ६ सय ४१ रूपैयाँ बराबरकाे पाईप पुर्ण रुपले जलेर नष्ट भएकाे छरछरे खानेपानी तथा सरसफाइ समितिका सचिव शंकर नेपालीले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।