ताजा अपडेट »

अर्घाखाँचीमा एकैदिन ३१ जनामा कोरोना संक्रमण

सोमबार, २६ जेठ २०७७, ११ : ४३

सन्धिखर्क । अर्घाखाँचीमा एकैदिन थप  ३१ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बरालले बताए ।।

संक्रमितहरु कुन स्थानीय तहका हुन भन्ने खुलाईएको छैन् । यो संगै अर्घाखाँचीमा संक्रमितको संख्या ३६ पुगेको हो ।  जसमा एकजनाको मृत्यु भईसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।