ताजा अपडेट »

तापसी बनिन् सबैभन्दा बढी कमाउने अभिनेत्री

सोमबार, २६ जेठ २०७७, ११ : ०४
4 Shares

नयाँदिल्ली । बलिउड नायिका तापसी पन्नु सन् २०१९ मा सबैभन्दा बढी कमाउने अभिनेत्री बनेकी छन्। तापसीको पछिल्लो १ वर्षमा ५ वटा चलचित्र रिलिज भएका छन् । यी ५ चलचित्रको व्यापारिक आँकडाका अनुसार तापसी सर्वाधिक कमाई गर्ने बलिउड नायिका बनेकी हुन् ।

जुम टिभीको रिर्पोट अनुसार तापसी अभिनित फिल्मले ३७२ करोड भारीय रुपैयाँ कमाइ गरेको छ। उनी अभिनित पाचँ फिल्ममध्ये गेम ओभर, मिसन मंगल, बदला र साँड कि आँख सन् २०१९ मा रिलिज भएका थिए।

तापसीले यो कुराको जानकारी पाएसँगै लेखेकी छिन्–‘ओहो, राम्रो । मलाई यो कुराको महशुश नै भएको थिएन । मलाई लाग्छ कि क्वारेन्टाइनको यो समय रोकेर पछाडि हेर्दै आफ्नो यात्रा संझिएर खुशियाली मनाउन आवश्यक छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।